Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – संयुक्त राज्य अमेरिकाले इरानका आणविक केन्द्रहरूमाथि आक्रमण गरेपछि संयुक्त राष्ट्र संघले गम्भीर चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको भन्दै तत्काल शान्ति र संयमताका लागि जोडदार अपिल गरेका छन् ।

उनले यो द्वन्द्वले विश्वलाई नै कल्पना गर्न नसकिने खतरनाक अवस्थातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी आक्रमणको घोषणासँगै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव गुटेरसले भने, ‘पहिलेदेखि नै गहिरो संकटमा रहेको मध्यपूर्वमा थप अशान्ति फैलिने खतराले म अत्यन्त चिन्तित छु ।’

स्थितिको गम्भीरतातर्फ औंल्याउँदै उनले थपे, ‘जोखिम नियन्त्रण बाहिर गइरहेको छ । यसले त्यो क्षेत्र र समग्र विश्वकै लागि कल्पना गर्न नसकिने परिणाम निम्त्याउन सक्छ ‘” उनले तनाव बढाउने कुनै पनि गतिविधि तत्काल रोक्न र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन् ।

महासचिव गुटेरसको यो अपिल अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सफल सैन्य कारबाही गरेको दाबी गरेपछि आएको हो । जसले गर्दा मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ र अन्तर्राष्ट्रिय समुदायमा त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया