Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको नयाँ नेपाली चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो। एक पोस्टरमा केदार घिमिरे मात्र छन् भने अर्कोमा उनीसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई (तक्मे बुढा) पनि देखिएका छन्।

चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रमा केदार, वर्षा र विल्सनसँगै आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलले पनि मुख्य भूमिका निभाएका छन्।

चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका छन् भने पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन्। चलचित्रमा मुनाल घिमिरेको लगानी रहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया