Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणपछि इरानको अर्धसैनिक संगठन ‘रेभोल्युशनरी गार्ड’ का प्रमुख जनरल होसेन सलामीको मृत्यु भएको जनाएको छ । रिपोर्टले थप विवरण नदिई जनरल सलामीको के भयो भन्ने बारे संक्षिप्त जानकारी दिएको छ ।

अन्य एकजना शीर्ष गार्ड अधिकारी र दुईजना आणविक वैज्ञानिक पनि मारिएको आशंका गरिएको रिपोर्टमा उल्लेख छ । सरकारी टेलिभिजनका अनुसार इजरायली आक्रमणले इरानको अर्धसैनिक गार्डको मुख्यालयमा आगो लागेको जनाएको छ । इरानी राजधानी तेहरानका विभिन्न स्थलहरूमा आक्रमण गरिएको र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो आक्रमण इरानको आणविक र सैन्य स्थलहरू, तथा त्यहाँका आणविक कार्यक्रम र ब्यालेस्टिक मिसाइल कार्यक्रमका नेताहरूलाई लक्षित गरी गरिएको बताएका छन् ।

यो आक्रमण तेहरानको आणविक कार्यक्रम तीव्र गतिमा अगाडि बढिरहेको बेला भएको हो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को बोर्ड अफ गभर्नरहरूले २० वर्षपछि पहिलो पटक इरानलाई आफ्नो निरीक्षकहरूसँग सहयोग नगरेको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफमा इरानले देशभित्र तेस्रो परिष्कृत (enrichment) साइट बनाउने घोषणा गरेको छ र केही सेन्ट्रिफ्यूजहरू अत्याधुनिक मोडेलसँग साट्ने बताएको छ ।

इजरायलले वर्षौँदेखि इरानलाई आणविक हतियार निर्माण गर्न नदिने चेतावनी दिँदै आएको छ । यद्यपि, तेहरानले बारम्बार आफूले आणविक हतियार बनाउन नचाहेको दाबी गर्दै आएको छ । तर केही अधिकारीहरूले आवश्यक परे निर्माण गर्न सक्ने कुरामा इन्कार गरेका छैनन् ।

अमेरिका पनि केही सम्भावित घटनाका लागि तयार अवस्थामा थियो, उसले बग्दादस्थित आफ्ना केही कूटनीतिज्ञहरू हटाइसकेको छ भने मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकका परिवारलाई स्वेच्छिक रूपमा बाहिरिन छुट दिएको छ।

नेतन्याहुले युट्युबमार्फत दिएको सम्बोधनमा भने, “यो खतरा पूर्णरूपमा हटाइएसम्म आक्रमणहरू जारी रहने छन्।” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलले “इरानविरुद्ध एकपक्षीय कारबाही गरेको” बताएका छन् र इजरायलले यसलाई आत्मरक्षाका लागि आवश्यक कदम ठानेर अमेरिका समक्ष जानकारी गराएको बताएका छन् ।

“हामी यो आक्रमणमा संलग्न छैनौं र हाम्रो सर्वोच्च प्राथमिकता भनेको क्षेत्रका अमेरिकी सुरक्षाकर्मीहरूको सुरक्षा हो,” रुबियोले व्हाइट हाउसद्वारा जारी वक्तव्यमा भने । रुबियोले इरानलाई चेतावनी दिँदै अमेरिकी स्वार्थ वा कर्मचारीहरूमाथि आक्रमण नगर्न भनेका छन् । तेहरानमा मानिसहरू बिहानै विस्फोटको आवाजले ब्युँझिए । सरकारी टेलिभिजनले विस्फोटको पुष्टि गरेको छ ।

वास्तवमा कुन कुन स्थानमा हमला भयो भन्ने खुलाइएको छैन, यद्यपि पश्चिमी तेहरानको चितगर क्षेत्रमा धुवाँ देखिएको छ । त्यहाँ कुनै पनि ज्ञात आणविक स्थल छैन तर देशका अन्य भागमा के भइरहेको छ भन्ने अझै स्पष्ट छैन ।

इजरायली सैन्य अधिकारीले इरानी आणविक स्थलहरू लक्षित गरिएको बताएका छन्, तर ती स्थलहरूको नाम खुलाइएको छैन । अधिकारीले सञ्चारकर्मीहरूसँग नाम नखुलाइ ongoing अभियानबारे जानकारी दिएका हुन्, जसमा सैन्य स्थलहरू पनि निशाना बनाइएको छ । यस आक्रमणको खबर सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य लगभग ५% ले उकालो लाग्यो ।

इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले पनि आफ्नो देशले आक्रमण गरेको पुष्टि गरेका छन्, तर कुन स्थललाई लक्षित गरिएको भन्ने खुलाएका छैनन् । उनको वक्तव्यमा भनिएको छ, “इजरायलको सुरक्षाका लागि गरिएको यो आक्रमणपछि मिसाइल र ड्रोनबाट इजरायल तथा यहाँका नागरिकहरू लक्षित हुने सम्भावना अत्यन्तै उच्च छ ।”

काट्जले गृह क्षेत्र का लागि आपतकालीन अवस्थाको घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गरेको पनि बताइएको छ । “गृहक्षेत्र कमान्ड र सम्बन्धित अधिकारीहरूको निर्देशन पालन गर्नु अत्यावश्यक छ, सुरक्षित क्षेत्रमा बस्नुहोस्,” वक्तव्यमा भनिएको छ ।

इरान र इजरायल दुबै देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । तेहरानमा विस्फोट सुरु भएको बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसको लनमा कंग्रेस सदस्यहरूसँग भेटघाट गरिरहेका थिए । उनलाई घटनाको जानकारी दिइएको थियो कि थिएन भन्ने स्पष्ट छैन, तर उनी केही समयसम्म हात मिलाउन र फोटो खिचाउन व्यस्त रहे ।

यसअघि ट्रम्पले नेतन्याहुलाई तत्काल कारबाही नगर्न आग्रह गर्दै इरानसँग वार्ता भइरहेका बेला हमला नगर्न सुझाव दिएका थिए । “मलाई लाग्छ वार्ताको सम्भावना छ, त्यसैले अहिले हमला नगरे हुन्थ्यो भन्ने लाग्छ, किनभने यसले प्रक्रिया बिथोल्न सक्छ,” ट्रम्पले पत्रकारहरूसँग भनेका थिए ।

तपाईको प्रतिक्रिया