Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

आजको विश्व परिवेशमा खेलकुद केवल शारीरिक तन्दुरुस्ती वा मनोरञ्जनको माध्यममात्र रहेन, यो राष्ट्र निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, सांस्कृतिक आदान-प्रदान तथा आर्थिक समृद्धिको एउटा बलियो माध्यमको रूपमा स्थापित भइसकेको छ । खेलकुदले विश्व समुदायमा राष्ट्रको छवि निर्माण गर्नेमात्र होइन, आपसी सहकार्य, सद्भाव र मित्रताको सेतुका रूपमा कार्य गर्दछ ।

खेलकुदले कुनै पनि राष्ट्रको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न गहिरो योगदान पुर्‍याउँछ । जब कुनै देशका खेलाडीले ओलम्पिक, विश्वकप, एसियन गेम्स, राष्ट्रमण्डल खेलजस्ता अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा सहभागिता जनाउँछन् र उल्लेखनीय सफलता हासिल गर्छन्, तब त्यो केवल व्यक्तिगत उपलब्धि भएर सीमित रहँदैन- त्यो सम्पूर्ण राष्ट्रको गौरव र आत्मसम्मानको विषय बन्छ । एक खेलाडीको झन्डामुनि विजयले राष्ट्रिय झण्डालाई विश्व मञ्चमा फहराउने अवसर दिन्छ, जसले देशको प्रतिष्ठा उच्च बनाउँछ ।

यतिमात्र होइन, खेलकुद राष्ट्रहरूबीचको सम्बन्ध सुदृढ गर्ने एक प्रभावकारी यन्त्रको रूपमा पनि स्थापित भएको छ । जहाँ कूटनीति कहिलेकाहीँ असफल हुन्छ, त्यहाँ खेलकुदले सम्बन्धको नयाँ ढोका खोल्ने सम्भावना पैदा गर्छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा सहभागी राष्ट्रबीच सहयोग, सम्मान र आपसी समझदारीको भावना विकसित हुन्छ, जसले दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धको आधार तयार गर्छ ।

खेलकुदले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र आर्थिक प्रवर्द्धनमा पनि उल्लेखनीय योगदान दिन्छ । कुनै देशले ठूलो स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्दा त्यसले पर्यटकीय गतिविधिमा बृद्धि ल्याउँछ, देशको भौतिक पूर्वाधार सुधार हुन्छ, स्थानीय व्यवसाय फस्टाउँछ र रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । यस्ता अवसरले देशको आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउँछ भने विश्वमा देशको आकर्षण पनि बढाउँछ ।

खेलकुदको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले सांस्कृतिक आदान-प्रदानलाई प्रोत्साहन गर्नु हो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विश्वका विभिन्न देशहरू एकै स्थानमा भेला हुन्छन्, जसले एकअर्काको भाषा, संस्कृति, रहनसहन र मूल्यमान्यताको आदानप्रदान हुने वातावरण तयार गर्छ । यस प्रकारको अन्तरक्रियाले वैश्विक समझदारी र सहिष्णुताको भावना बलियो बनाउँछ ।

अन्ततः, खेलकुद केवल प्रतियोगिताको सीमित परिधिमा सीमित नरही, सामाजिक एकता, राष्ट्रिय समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा केन्द्रित बहुआयामिक प्रभाव राख्ने क्षेत्र हो । यसले युवापुस्तालाई अनुशासन, परिश्रम, सहकार्य र नेतृत्वजस्ता जीवनोपयोगी मूल्यहरू सिकाउँछ, जुन राष्ट्रिय विकासको मेरुदण्ड बन्न सक्छ ।

तसर्थ आजको युगमा प्रत्येक राष्ट्रले खेलकुद क्षेत्रलाई केवल वैकल्पिक माध्यमको रूपमा होइन, विकासको एक अनिवार्य पाटोको रूपमा लिनुपर्छ । खेल पूर्वाधारमा लगानी, खेलाडीहरूको प्रशिक्षणमा सुधार र खेलकुद नीति निर्माणमा दीर्घकालीन सोच आवश्यक छ । यस्तो पहलले मात्र राष्ट्रलाई विश्व मञ्चमा सम्मानजनक स्थान दिलाउन सक्छ  ।

  • लेखक पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया