Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले हालै युट्युबमा ‘यूआर क्रिस्टियानो’ नामक च्यानल खोलेर नयाँ रेकर्ड स्थापित गरेका छन्। च्यानल खोल्ने बित्तिकै उनले अत्यधिक ध्यान आकर्षित गरे जसको परिणामस्वरूप ९० मिनेटमै १० लाखभन्दा बढी सब्सक्राइबर भए। थप ४ घण्टामा उनका सब्सक्राइबरको संख्या ५० लाख नाघ्यो। युट्युब च्यानलको बारेमा सामाजिक सञ्जालमा जानकारी गराएपछि १५ घण्टा भित्रै उनले १ करोड २७ लाखभन्दा बढी सब्सक्राइबर प्राप्त गरे। जसले उनलाई गोल्डेन र डायमन्ड बटन पाउने योग्य बनायो।

रोनाल्डोले युट्युबमा १९ वटा भिडियो अपलोड गरेका छन्। जसले लाखौँ भ्युज पाइसकेका छन्। रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डो अहिले साउदी प्रोलिगको अल नासर टोलीमा खेल्दै छन्।

तपाईको प्रतिक्रिया