Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबल आजदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै छन्। खेल नेपाली समय अपराह्न ४ बजे सुरु हुनेछ। प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बङ्गलादेश र श्रीलङ्का छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। प्रतियोगितामा समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनलसहित कुल ९ खेल हुनेछन्।

पहिले खेलहरू दशरथ रंगशालामा आयोजना गर्ने योजना भए पनि मैदान खेल्न अयोग्य भएपछि एन्फा कम्प्लेक्समा सारिएको हो। यसअघि दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिगअन्तर्गत चर्च ब्वाइज क्लब र भुटानको पारोबीचको खेलमा मैदान हिलो भएपछि खेलाडीहरूले कठिनाइ भोगेका थिए।

खेलको दौरानमा हिलोका कारण बल राम्ररी गुड्न नसक्दा खेलाडीहरूको प्रदर्शनमा असर परेको थियो। जापानी स्टार होन्डाले पारोको कप्तानी गर्दै उक्त खेलमा २-१ को जीत दिलाए पनि मैदानको स्थितिप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया