Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पेरिस ओलम्पिकको जुडो प्रतिस्पर्धामा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट नै बाहिरिएकी छन्। आज भएको ५७ केजी तौल समूहको खेलमा उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित हुँदै अन्तिम ३२ बाट बाहिरिएकी हुन्।

पेरिस ओलम्पिकको ब्याडमिन्टन प्रतिस्पर्धामा आजै राति १२:५५ बजे प्रिन्स दाहालले आफ्नो खेल खेल्नेछन्। समूह चरणको दोस्रो खेलमा उनी आयरल्यान्डका नियात नुयनसँग प्रतिस्पर्धा गर्नेछन्। नुयन विश्व वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १७२ औँ स्थानमा छन्। समूह ‘पी’ अन्तर्गत अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्नेछन्। समूह चरणको पहिलो खेलमा प्रिन्स डेनमार्कका विश्व वरीयताको दोस्रो स्थानमा रहेका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए।

यसअघि पेरिस ओलम्पिकको ‘शूटिङ’ प्रतिस्पर्धामा सुस्मिता नेपाल र टेबल टेनिसमा स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया