Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। काठमाडौंको कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिएका छन्। उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

यसअघि ललितपुर र कैलालीमा पनि हैजा संक्रमित फेला परेका थिए। हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट हुने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो, जसले खाना वा पानीको माध्यमबाट मानिसलाई सङ्क्रमित गर्छ।

डा. शेरबहादुर पुनका अनुसार हैजा संक्रमणको लक्षण पातलो दिसा, वाकवाकी, बान्ता र कडा जलवियोजनका रूपमा देखिन्छ। गम्भीर लक्षणहरूमा आँखा गाडिनु, मुख सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुनु, पिसाब पहेँलो हुनु, र पिसाबको मात्रा कम हुनु समावेश छन्।

तपाईको प्रतिक्रिया