Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्। आजै मेडिकल परीक्षण गरी स्टेडियममा फ्यानहरू समक्ष प्रस्तुत गरिएको २५ वर्षीय एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन्। एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । उनले ९ नम्बरको जर्सी लगाउनेछन्। मिडिया रिपोर्ट अनुसार, रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ।

रियल म्याड्रिडले उनलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयास गर्दै आएको थियो। एम्बाप्पेले पिएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् र ६ सिजन फ्रेन्च लिग र चार सिजन फ्रेन्च कोपा डे जितेका छन्।

 

 

तपाईको प्रतिक्रिया