Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु गर्वको कुरा भएको बताएका छन्। शुक्रबार युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा फ्रान्सले रोनाल्डोको टिम पोर्चुगलविरुद्ध खेल्ने छ। २५ वर्षीय एमबाप्पेले आगामी सिजनका लागि रियाल मड्रिडसँग सम्झौता गरेका छन्। रियाल मड्रिड त्यही क्लब हो, जहाँ रोनाल्डोले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

“रोनाल्डोप्रति मेरो सधैं प्रशंसा रहेको छ। समय बित्दै जाँदा मैले उनलाई बुझ्ने र कुराकानी गर्ने अवसर पाएको छु। हामी अझै पनि नजिक छौं,” एमबाप्पेले भने। “रोनाल्डो सधैं मलाई सल्लाह दिन चाहन्छन्। फुटबलमा उनले जे गरेका छन्, त्यस आधारमा रोनाल्डोसँग खेल्न पाउनु गर्वको कुरा हो।”

फ्रान्स र पोर्चुगलबीचको खेल जर्मनीको ह्याम्बर्गमा आज राति १२:४५ बजे सुरु हुनेछ।

 

 

तपाईको प्रतिक्रिया