Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – काठमाडौंमा केही फिल्म हलले विश्वकप फुटबल देखाउने तयारी गरेपछि चलचित्र विकास बोर्डले कारबाही गर्ने चेतावनी दिएको हो। बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरूलाई पत्राचार गर्दै फुटबल खेल नदेखाउन भनेका छन्।

फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै उनले विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिए। ‘‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’’ विज्ञप्तिमा भनिएको छ।

बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिँदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।

 

तपाईको प्रतिक्रिया