Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरू महानगरको बजेटमा ल्याएरै कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सको उद्घाटनलाई सम्बोधन गर्दै मेयर शाहले सो कुरा बताएका हुन्। कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने उनको भनाई छ।

‘थिएटर फेस्टिबलहरू, फिल्म फेस्टिबलहरू बजेटमा आइसकेको छैन, तर उहाँहरुसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट
किताव (रोतो किताब) मा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ की भन्ने आशा छ,’ मेयर शाहले भने।

उनले कला, संस्कृतिलाई महत्व दिनेकुरा जिम्मेवारीका रहेको बताए।

खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने उनले बताए।

‘महानगरपालिका भएको नाताले कलालाई महत्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ,’ शाहले भने, ‘हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दैछौँ। हाम्रो छुट्टै विभागहरु हुँदैन, खेलकुद विभाग छुट्टै छैन। छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ। कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ।’

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काठमाडौं
महानगरपालिकाले कामहरु गरिरहेको बताए।

तपाईको प्रतिक्रिया