Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका हास्य कलाकार हिमेश पन्तले मतदाता बिकेको आरोप लगाएका छन्। उनले आफू प्रचार हिँड्दै गर्दा नोट दिनेलाई भोट दिने बताएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘हामी प्रचार-प्रसारमा हिँड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए।’

करोडौ करोड खर्च गरेर चुनाब लड्नेहरुसॅग २/४ लाख खर्च गरेर चुनाव लड्नु जोक नभएको हास्य कलाकार पन्तले बताएका छन्। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भए तापनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार नआएको उनको आरोप छ। उनले भनेका छन्, ‘म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन।’

सिन्डिकेट तोडिएको बताउँदै उनले जग हाल्ने कामको थालनी भएको बताएका छन्। ‘हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ,’ उनले भनेका छन्। धादिङमा पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिइरहेका छन्। एमाले प्रतिष्पर्धामा छ भने पन्त तेब्बरले पछि परेका छन्।

तपाईको प्रतिक्रिया