काठमाडौं -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा एक नाइट क्लबमा पुगेका छन् । ओली गएराति ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन् ।
उनी ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेका हुन् । ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए ।
एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्याप गीतसमेत बजाउन लगाएका थिए । र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए ।

तस्बिर : ओलीको सचिवालय








