Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो। पाँच सय ७९ जनाले पीसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ।

सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ।

यसैबिच, हालसम्म ७६ जिल्लामा डेङ्गु फैलिसकेको मन्त्रालयले जनाएको छ। साउनदेखि यता ३३ हजार नौ सय ७५ सम्भावित डेङ्गु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ।

 

तपाईको प्रतिक्रिया