Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – प्योङयाङले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको एक दिनपछि दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि प्रायद्वीपनजिकै पहिलो पटक संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् । वासिंगटन सीउलको मुख्य सुरक्षा साझेधार हो र उसले आणविक रूपमा सशस्त्र उत्तर कोरियाबाट रक्षा गर्न दक्षिण कोरियामा २८ हजार ५ सय सैनिक खडा गरेका छन् ।

उत्तर कोरियासँग आफ्ना अग्रज तथा पूर्वराष्ट्रपति मुन जाय इनको असफल कूटनीतिपछि मे महिनामा कार्यभार सम्हालेका दक्षिण कोरियाका वर्तमान राष्ट्रपति युन सुक योलले अमेरिकासँग संयुक्त सैन्य अभ्यास वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘यो अभ्यास उत्तर कोरियाको उत्तेजनालाई जवाफ दिन दक्षिण कोरिया-अमेरिका गठबन्धनको बलियो इच्छा प्रदर्शन गर्न तयार गरिएको थियो’, दक्षिण कोरियाको नौसेनाले एक विज्ञप्तिमा भनेको छ । दक्षिण कोरियाको तटमा चार दिसम्म हुने उक्त अभ्यासमा एन्टी-शिप र एन्टी-पनडुब्बी युद्ध कार्यहरू, सामरिक युद्धाभ्यास र अन्य समुद्री अपरेसन हुनेछन् ।

तपाईको प्रतिक्रिया