Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – पछिल्लो ६ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएइ) लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन् ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६ सय ३० जना भिजिट भिसामा गएका छन् । यसैगरी कतार एक हजार ३ सय ८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७ सय ९६, कुवेत ५ सय २८ र बहराइन ३ सय ४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन् ।

आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिसामा युवतीलाई खाडी मुलुक पुर्‍याई अलपत्र तथा बन्धक बनाएको पाइएपछि मानव बेचबिखनमा पर्ने गरेपछि नेपाल सरकारले भिजिट भिसामा रोक लगाएको थियो । तर फेरि भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया