Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – हामीले आफ्नो जीवन स्वस्थ राख्न केवल सामान्य केही बानी विकास गर्दा हुन्छ। यहाँ हामी सबैलाई जानकारी भइरहेका तर बेवास्था गरिएका सामान्य १० कुराहरु उल्लेख गरिएको छ। यी कुरालाई ध्यान दिइ जीवनमा अपनाउनु भयो भने तपाईंको जीवन स्वस्थ हुने छ।

१. बिहान उठ्ने र राती सुत्ने समय निश्चित गर्ने।

२ बिहानको नास्ता सधैं खाने।

३ अस्वास्थ्यकर फ्याट अर्थात बोसो कम भएको खाना छनौट गर्ने।

अस्वास्थ्यकर बोसोमा ट्रान्स र सेचुरेटेड फ्याट दुवै हुन्छन्। यसले तपाईंको एलडीएल कोलेस्ट्रोल बढाउँछ। जसका कारण मुटु रोगको जोखिम बढ्छ ।

४ खाना पकाउनको  लागि स्वस्थ फ्याट भएका ओलिभ, क्यानोला, भटमासको तेल प्रयोग गर्ने।

५  चिनीको मात्रा तथा र रिफाइन कार्बोहाइड्रेट कम भएका खानाहरू छनौट गर्ने।

६ मिठाई, सफ्ट ड्रिंक, धेरै गुलियो फलफूलको जुस कम पिउने।

७ प्रशोधित खानाको सट्टा, पूर्ण खाना, अन्न, फलफूल र तरकारीहरू खाने।

८ व्यायाम वा योग गर्ने बानीको विकास गर्ने।

९ डाइटिङ गर्नतिर नलाग्ने।

१० प्रशस्त पानी पिउने।

तपाईको प्रतिक्रिया