काठमाडौं – नेपाल वायुसेवा निगमले दुइटा वाइडबडी र दुइटा न्यारोबडीसहित चार वटा विमानको पुस मसान्तमा तिर्नुपर्ने ब्याजसहितको एक अर्ब १३ करोड किस्ता तिर्न नसक्ने भएको छ ।
पुस मसान्त वाइडबडीको दोस्रो किस्ता तिर्ने बेला हो भने चार वर्षअघि ल्याइएका दुइटा न्यारोबडी विमानको १३ औं किस्ता हो । जहाज खरिदका लागि ऋण प्रवाह गर्ने कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरु आइतबार निगम मुख्यालय पुगेका थिए ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यो पटकको किस्ता भुक्तानी गर्न नसकिने जनाएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले बताउनुभयाे ।








