काठमाडौं – त्रिभुवन विश्वबिद्यालय अन्तर्गत सञ्चालित सामाजिक कार्य स्नातकोत्तरका विद्यार्थीको स्वागत तथा विदाई कार्यक्रममा शनिवार खादाको ठाउँमा नेपालको झण्डा अंकित पिन लगाइदिएर सम्पन्न भएको छ । स्नातकोत्तर चौथो ब्याजका विद्यार्थीद्वारा आयोजित कार्यक्रममा पाचौ ब्याजका विद्यार्थीको स्वागत र तेस्रो ब्याजका विद्यार्थीलाई नेपालको झण्डा अंकित पिन दिएर विदाई गरिएको थियो ।
अतिथिको आशन ग्रहण सगैँ सुरु भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका संस्कृतविद् तथा शताब्दी पुरुष डा. सत्यमोहन जोशी, विशिष्ट अतिथि नेपाल र एसियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक तथा एम.एस.डब्लु कार्यक्रमका संस्थापक सम्योजक सह प्रधयापक डा. मृगेन्द्रबहादुर कार्की र सभाअध्यक्ष पुकार चौधरी लगायत सामाजिक कार्यका विज्ञहरुको उपस्थिति थियो । कार्यक्रममा एम.एस.डब्लु कार्यक्रमका लेक्चरर सरोज गिरीले पहिलो मन्तव्य राखेका थिए । नेपाल र एसियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक तथा एम.एस.डब्लु कार्यक्रमका संस्थापक संयोजकत्व सह प्रधयापक डा. कार्कीले आफना विद्यार्थीका कमिकमजोरीलाई सुधार्दै अघि बढ्न सुझाव सगै बिदाई हुने विद्यार्थी हरुका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नेपाली माटो, नेपाली समाज र नेपाली परिवार सँग जोडिन र नेपालको विकासमा सहयोग पुर्याउन सामाजिक कार्य अध्ययनरत विद्यार्थीे अघि सर्नुपर्ने कार्कीको भनाइ थियो । कार्यक्रममा शताव्दी पुरुष एंव नेपाली भाषा, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन, र विकासमा लागि परेका नेपालका संस्कृतिविद् सत्यमोहन जोशीले सामाजिक कार्य, सामाजिक सेवासँग सम्बन्धित भएको बताए । आफना विगतका अनुभव सुनाउदै उनले सामाजिक कार्य गर्न सेवारुपी भावनालाई लिनु जरुरी रहेको र सेवा गर्ने तरिका सहि भएमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा आवश्यक पेशाकै रुपमा सामाजिक कार्य गर्न सहज हुने कुरामा जोड दिदै विद्यार्थीहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
करिब १२० जना विद्यार्थी र अन्य सहभागी, विभिन्न मिडिया तथा वरिष्ठ व्यक्तित्वहरु सहित १५० जनाको उपस्थिति रहेको औपचारिक कार्यक्रम अध्यक्ष पुकार चौधरीले समापन गरेका थिए । कार्यक्रमका विभिन्न बक्ताले एम.एस.डब्लु का विद्यार्थीहरुको जिम्मेवार र समाज प्रतिको उत्तरदायित्वलाई प्रस्टाएका थिए । रोशिना कुँवरको संयोजकत्वमा भएको कार्यक्रम राजेन्द्र गौतम र सरु घोसाइले संचालन गरेका थिए ।








