Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो ।

‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको छ ।  सोहीअनुसार पेट्रोलमा ३ र डिजेलर मटितेलमा २र२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भन्नुभयाे, ‘नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुनेछ।’ नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२-९२ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ हाल हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १.०७५ अमेरिकी डलर छ । एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ । मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताउनुभयाे । यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको जनाएको थियो ।

स्वचालित मूल्य २०७१ असोजबाट लागू भएको हो । आयल निगम अत्याधिक घाटामा गएपछि सरकारले स्वाचालित मूल्य लागू गरेको थियो । स्वाचालित मूल्य अनुसार भारतीय आयल निगम (आइओसी)ले १ र १५ तारिखमा नयाँ मुल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ ।

तपाईको प्रतिक्रिया