Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

प्यूठान – प्यूठानको झिमरुकका शिरबहादुर जिसी र सृष्टि जिसीको रहस्यमय रुपमा मृत्यु भएको छ । झिमरुक ५ का उनीहरुको जिल्ला प्रहरी कार्यालयमा मुद्दा लेखिरहेका बेला मृत्यु भएको हो ।

उनीहरुले हाडनाता करणी गरेको भन्दै युवतीकी आमाले चौकी ओखरकोट मच्छीमा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर त्यहाँ कुरो नमिलेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीको मुद्धा फाँटमा मुद्धा लेख्दैगर्दा दुवैजनाले बान्ता गरेपछि उपचारका लागि प्यूठान अस्पताल विजुवार लगेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, प्रहरीसँगै मच्छीबाट सदरमुकाम पुर्याइएका उनीहरुले बिच बाटोमा कसरी विष खाए भन्नेबारे रहस्यमय भएको छ । बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर ज्यान गुमाएकाका आफन्तले भने प्रहरीले हिरासतमा राखेर यातना दिएर यस्तो घटना हुन पुगेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया