Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानमा उल्लेखित कानुनी व्यवस्थाको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

तात्कालिन माओवादी केन्द्र र नेकपा एमाले एकता भएर नेपाल कम्युनिष्ट पार्टी बने लगत्तै सभामुख र उपसभामुख चयनको सम्बन्धमा संविधानले गरेको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न माग गर्दै आएको कांग्रेसले हरेक बैठकमा यो विषय उठाउदै आएको छ । राजनीतिक दल सम्बन्धी ऐनमा पनि सभामुख र उपसभामुखले दल परित्याग गरेको नमानिने भनेर लेखिएको उल्लेख गर्दै मुख्य सचेतक खाँडले भन्नुभयो, ‘ऐन कानुन बमोजिम एउटै दलका सभामुख र उपसभामुख बन्न नपाईने कानुनी व्यवस्थाको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउछु।’

सांसद खाँडले बोल्दै गर्दा सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुख कुनै पनि दलसँग सम्बद्ध नरहेको दाबी गर्नुभयो । राजनीति दल सम्बन्धी ऐनमा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भनि उल्लेख छ । बैठकमा सांसद योगेश भट्टराईले अलैची विकास बोर्डको गठन गरी ताप्लेजुङलाई अलैचीको सुपर जोनको रुपमा अगाडि बढाउन सरकारसंग माग गर्नुभयो । नेपालको वैदेशिक व्यापार घाटाको सन्तुलन कायम गराउनका लागि अलैँचीको निर्यात बढाउनु महत्वपूर्ण भएको भन्दै उहाँले चीन, भारत तथा खाडी मुलुकमा नेपालको अलैँचीको प्रमुख निकासीको प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

बैठकमा सांसद एकवाल मियाँले विरगञ्ज–पथलैया सडक खण्ड निर्माणको काम जीतपुर बजारमा पुगेर रोकिएको भन्दै सभामुख मार्फत सरकारको ध्यनाकर्षण गराउनुभयो । सडक विस्तारका क्रममा घरबार विहिन हुन पुगेका जीतपुर बजारबासीलाई मुआब्जा दिएर अन्यन्त्र बस्तीविस्तारको व्यवस्था गर्न माग गर्नुभयो । सांसद राजेन्द्रप्रसाद लिङदेनले संयुक्त राष्ट्रसंघ सघ विकास कार्यक्रम (युएनडिपी)सँग संसद सचिवालयले गरेको सहयोग अनुदानको सम्झौता बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया