Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

मकवानपुर – बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ठले बताउनुभयो ।

चट्याङ लागेर २२ वर्षीया विमला थिङ, २ वर्षीया निष्मा भोलन, ५ वर्षीयय निमेष भोलन र ६ वर्षीया रन्जु थिङ घाइते भएका छन् । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया