Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं –  नायक सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको टिजर सार्वजनिक भएको हो । चलचित्रको टिजरमा १७ वर्ष अघि सलोनले बालकलाकारको रूपमा काम गरेको चलचित्र ‘नेपाली बाबु’को केही झलक राखिएको छ । सार्वजनिक टिजरका १७ वर्ष अघि र पछिका सलोनलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई कलाकार तथा सलोनका पिता सोभित बस्नेतले निर्माण र निर्देशन गरेका हुन् ।

चलचित्रमा सलोनसँगै निर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतका कलाकारको अभिनय रहेको छ । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता हुन् भने सन्तोषराज भण्डारी र सुरज घिमिरे सह निर्माता हुन् ।

तपाईको प्रतिक्रिया