Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

भरतपुर– चितवनको नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फी रुपमा मात्र सञ्चालन भएको छ।

राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो। अहिले पनि सो क्षेत्रमा पानी पर्ने क्रम रोकिएको छैन। चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा २ दिन अघि मात्रै पहिरो खस्दा ३ घण्टा यातायात अवरुद्ध हुन पुगेको थियो। यहाँ पटकपटक पहिरो खस्ने गर्छ।

अहिले रात्रिकालीन गाडीको चाप रहेकाले ती गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताए। नरायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ।

तपाईको प्रतिक्रिया