Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – सानकेई ट्रावलले टोकियो र आसपासका प्रमुख स्थानमा भ्रमण गर्नका लागि जुन महिनाबाट बस सेवाको पनि सुरुवात गर्ने भएको छ ।

करिब ८० हजारको संख्यामा रहेका नेपालीहरुलाई जापानका मुख्य शहरहरु भ्रमण गर्नेका लागि सहज होस भन्ने उदेश्यले बस सेवा सुरु हुन लागेको हो ।

विगत लामो समयदेखि हवाई टिकटसँग सम्बन्धीत विभिन्न सेवा प्रदान गर्दै आइरहेको सानकेईले बस भाडामा उपलब्ध गराउने देखि लिएर ग्राहकको ईच्छा अनुसारको घुम्न जाने स्थानको भ्रमणको उचित ब्यबस्थापन गर्ने तयारी गरेको छ ।

प्रमुख पर्यटकीय स्थलहरु जस्तै फुजिसान, हाकोने, निक्को, शिरागवागो, ओशिनो हाककई, फुजी क्यु हाइल्याण्ड, आदि जस्ता अरु पनि थुप्रै स्थानहरुको भ्रमणको ब्यबस्थान गर्ने योजना बनाएको छ ।

यी बाहेक ग्राहकको ईच्छा अनुसार गाडी र ड्राइभरमात्र चाहिने खण्डमा पनि यस किसिमका सेवा उपलब्ध गराउन सकिने बताइएको छ । जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई न्युन शुल्कमा यो सेवा दिईनेछ ।

तपाईको प्रतिक्रिया