Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं –  चीनका लागी जासुसी गरेको भन्दै अमेरिकाको सियाटलबाट एक जना पक्राउ परेका छन् ।

अमेरिकी संघीय अनुसन्धान ब्युरोले चीन जानका लागी विमानस्थल पुगेका ५८ वर्षिय रोन रकवेल ह्यान्सनलाई पक्राउ गरेको हो । चिनियाँ एजेन्टका रुपमा उनलाई चीन प्रशासनले ८ लाख डलर दिएको समेत एफबीआईले जनाएको छ ।

उनले अमेरिकाको रक्षा मन्त्रालयका सुचना संकलन गर्दै चीनलाई सुचना दिने गरेको खुलेको छ । १५ वटा विभिन्न आरोप लागेका ह्यान्सन माथि गैराकानुनी रुपमा मुद्रा विदेश लगेको ,मौद्रिक संरचनाको लेनदेन गरी अमेरिकि सामानको पैठारी गरेको उल्लेख छ ।

उनलाई जासुसीको आरोपमा जन्मकैद सम्म हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया