Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बैतडी –  बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.९ रिक्टर स्केलको भूकम्प गएको हो । बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षतिको जानकारी नआएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया