Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – स्वर्गीय गायक चन्दन ओलीको अन्तिम गीत “चितामाथि लास”  बजारमा आएको छ । गीतमा राम कुामार बस्नेत र टिका पुनको आवाज रहेको छ । शब्द संगीत दुवै चन्दन ओलीले गर्नुभएको छ ।

पछिल्लो समयका व्यस्त निर्देशक सिर्जन बरालले निर्देशन गर्नुभएको गीतमा जितेन क्षेत्री र अनु पराजुलीको अभिनय रहेको छ । गीतको बजार व्यवस्थापन भने शारदा म्युजिक प्रा.लीले गरेको छ ।

गीत केही दिन अघि मात्र बजारमा आएको हो । गायक ओलीको केही समय अघि निधन भएको थियो । ओलीको निधनपछि निर्देशक बरालको संयोजनमा यो गीतलाई बजारमा ल्याइएको हो ।

ओलीले आफ्नो अन्तिम गीत पनि आफ्नो जीवनसँग मेल खाने नै बनाएका रहेछन् त्यसैले निर्देशकले पनि त्यस्तै रुपमा यस गीतलाई प्रस्तुत गर्नुभएको छ ।

गायक ओली शारदा म्युजिक प्रा.लीका सञ्चालक समेत हुनुहुन्थ्यो । उहाँको श्रीमती र दुई छोरी छन् । ओलीको अन्तिम गीतलाई सबैले हेरेर माया गरिदिनुहोला ।

तपाईको प्रतिक्रिया