काठमाडौं – चलचित्र ‘चङ्गा’को दोस्रो गीत सार्वजनिक भएको छ । जेष्ठ २५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरिएको हो l सार्वजनिक गीतमा आमा र छोरा बिचको माया देखाइएको छ l
उक्त गीतमा गायक कमल खत्रीको शब्द सङ्गीत र आवाज रहेको छ l चलचित्रमा बुद्धि तामाङ, अङकित खड्का, लक्ष्मी बार्देवा, लक्की भण्डारी,रेश्मा तीमल्सीना, प्रेम वर्षा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
किशोर भण्डारीको कथा र निर्देशन रहेको चलचित्रमा किशोर भण्डारी र रेश्मा तीमल्सीनाको संयुक्त लगानी रहेको छ । चलचित्र को कार्यकारी निर्माता भने प्रकु पाण्डे रहेका छन् ।








