काठमाडौं – चर्चित गायिका गौरी भट्ट र भूवन सागर भाटको स्वरमा रहेको उत्कृष्ट देउडा गीत ‘मेरी निर्मला’को म्युजिक भिडियो यूट्यूवमा सार्वजनिक भएको छ । गीतको अडियो भने करिब २ वर्ष अघि नै सार्वजनिक भएको थियो । सुदूरपश्चिमको मौलिख संस्कृतीका साथै धार्मिक क्षेत्रहरुलाई ‘मेरी निर्मला’मा चिनाउन खोजिएको छ ।
साथै गीतमा चाडपर्व तथा मेला महोत्सवका बेला प्रेम प्रेमिका बीचको भेटभाट र माया प्रेम साथसाट को प्रसंग पनि समेटिएको छ । गीतमा लय, शब्द तथा संगीत गायक भूवन सागर भाटकै रहेको छ भने बिनोद बाजुरेलीको एरेन्ज रहेको छ । मालश्री रेकर्डिङ स्टुडियोले बजार ब्यवस्थापन गरेको गीत म्युजिक नेपालको यूट्यूव च्यालनबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा नृत्य निर्देशन दिपेन्द्र देउवाले गर्नु भएको छ भने कथा निर्देशन भूवन सागर भाटको रहेको छ । गीतको छायांकन तथा सम्पादन सतिश सिन्हाले गर्नुभएको छ । म्युजिक भिडियोमा भिम धानुक सविता सवि तथा डि पयुज डान्स गु्रपको अभिनय देख्न सकिन्छ ।








