काठमाडौं – ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेबिड भनिने छिरिङ वाङ्गेललाई पूर्पक्षको लागि थुनामा पठाएको छ । आज जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका थिए । बयानपछि अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनलाई जिल्ला कारागार मोरङ पठाइएको छ । न्यायधीश नारायणप्रसाद शर्माको इजलासले जिल्ला अदालत मोरङले उनलाई थुनामा पठाएको हो । अदालत समक्ष आत्मसमर्पण गरेका डेविटले आफु गोरेले बयानमा भनिएको मानिस नभएको भन्दै बयान दिएका थिए । डेबिडमा पक्षमा अधिवक्ता सरोज अधिकारी र बरिष्ठ अधिवक्ता विश्व भट्टराई बहस गर्नु भएको थियो ।
सरकारी पक्षबाट भने पुण्यप्रसाद पाठकले बहस गर्नुभएको हो । सुन प्रकरणमा जोडिएका ३० जनालाई अदालतले थुनामा पठाएको छ ।








