Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – गाई मारेको अभियोगमा एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जेल सजायको फैसला गरेको छ । भूमिकास्थान नगरपालिका-२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइएको सुचना अधिकारी टेकराज गैरेले बताउनुभयो । मुलुकी ऐन चौपाया महलको १ र ११ नम्बर बमोजिम खत्रीलाई सजाय सुनाइएको हो ।

तपाईको प्रतिक्रिया