Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले स्थानीय तहलाई सबल बनाई मुलुकको विकास गरिने बताउनुभएको छ । गाउँपालिका महासंघले आज आयोजना गरेको ‘ग्रामीण ऊर्जाको नीति तथा कार्यक्रममा स्थानीय सरकार’ विषयको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले २५ वर्षमा राज्यले कल्पना गरेको मुलुक बनाउनका लागि स्थानीय तहलाई सबल बनाइने बताउनुभयो ।

उहाँले आफ्नो तहगत योजना बनाई अबको चार वर्षमा समुन्नत स्थानीय तह बनाउनुपर्ने समेत बताउनुभयो । उहाँले यसअघि स्थानीय तहमा रहेका केन्द्रीय सरकारले गरेका ठूला आयोजना केन्द्र सरकारले नै हेर्ने बताउँदै भन्नुभयो, ‘प्रदेश र स्थानीय तह नीतिगत र योजना बनाउन अझै प्राविधिक रुपमा सक्षम छैनन् । ती निकाय सक्षम नहुँदासम्म केन्द्रबाट नै प्राविधिक सहयोग हुन्छ ।’ उहाँले स्थानीय तहलाई सानातिना परियोजनामा बजेट आएन भनेर केन्द्रको मुख नताक्न आग्रह गर्दै आफैँ बजेट बनाएर त्यस्ता योजना सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।

डा कँडेलले स्थानीय तहमा रहेका वैकल्पिक ऊर्जालाई अधिकतम प्रयोग गरेर विकास निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश तहमा चाँडै योजना आयोग गठन हुने जानकारी दिँदै आयोग अहिले विभिन्न क्षेत्रका समस्या पहिचान गर्ने क्रममा रहेको बताउनुभयो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक रामप्रसाद धितालले बजेट निर्माण गर्दा स्थानीय तहका ऊर्जालाई अधिकतम प्रयोग गर्ने किसिमले बनाउनुपर्ने बताउँदै अहिले १२ लाख घरपरिवार बिजुलीबाट वञ्चित रहेकाले स्थानीय ऊर्जालाई प्रयोग गरेर ती घरपरिवारमा बिजुली दिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय स्रोत साधन उपयोग गरेर नै स्थानीय तहको विकास गरिने बताउनुभयो । नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले स्थानीयस्तरमा खेर गएका वस्तुबाट नै स्थानीय तहको विकास सहयोग पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया