Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

भीमदत्तनगर – सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति-निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताउनुभयो । ‘उस्तै पनि सीमा क्षेत्रमा यहाँ विविध कारणले हाम्रो सहभागिता कम छ,’ उहाँले भन्नुभयो- ‘पहुँच नभएको ठाउँमा पनि निगरानी बढाउन यो गस्ती शुरु गरिएको हो ।’ उहाँले हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रुपमा गस्ती गरिने बताउनुभयो । आइतबारबाट बेल्डाँडी हुँदै नेपाल-भारत सीमा क्षेत्र गस्ती गर्र्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।

‘पहुँच नभएको ठाउँमा हामी राति बसेर पनि गस्ती गछौँं,’ उहाँले भन्नुभयो-‘यो गस्ती निकै प्रभावकारी हुनेमा आशावादी छौंँ । उक्त गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बोहराले गर्नुभएको छ । हाल कञ्चनपुरमा दुईवटा मात्रै सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बोर्डर सुरक्षा पोष्ट रहेको छ । महाकाली नगरपालिकाको दोधारा-चादँनी र बेलौरीमा बोर्डर सुरक्षा पोष्ट रहेपनि यहाँको बेल्डाँडी र ब्रह्मदेव क्षेत्रका साथै पुर्नवासमा समेत सशस्त्र प्रहरीको पोष्ट स्थानीयवासीले माग गर्दै आएका छन् । नेपाल-भारत सीमा क्षेत्रमा भारततर्फ सुरक्षाको बाक्लो सहभागिता रहेपनि नेपालतर्फ भने त्यो हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया