Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – संघीय संसदमा जारी बजेटमाथिको छलफलमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै सांसद सुजाता कोइरालाले आपत्ति जनाउनु भएको छ ।

मदन भण्डारीलगायत एमालेका नेताहरुको नाममा योजना र बजेट छुट्टयाइएको तर कांग्रेस नेताहरुलाई उपेक्षा गरिएको कोइरालाको आरोप छ । कोइरालाले यस पटकको बजेटमा गिरिजाको नाममा कुनै योजना र बजेट नआएको भन्दै आपत्ति जनाउनु भएको हो । कोइरालाले गिरिजा प्रसाद कोइरालाको नाममा तनहुँमा निर्माणाधिन अस्पताललाई सरकारले उपेक्षा गरेको बताउनुभयो ।

उहाँले उक्त अस्पतालका लागि सरकारले बजेट छुट्याउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले प्रतिपक्षलाई छाडेर हिड्न खोजेको देखिन्छ । जसले देशमा ठुल दुर्घटना आउन सक्छ । गिरिजाबाबुले थालेको शान्ति प्रक्रिया अहिलेसमम पुरा भएको छैन । सबै मिलेर शान्ति प्रक्रियालाई पुरा गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया