Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनसरकार प्रमुख देवबहादुर रोकायाले पार्टी परित्याग गर्नुभएको छ । पार्टीको क्रियाकलाप चित्त नबुझेको भन्दै जनसरकार प्रमुख रोकायाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो ।

नेपालगञ्ज व्यापार व्यवसाय गरेर बसेका जनसरकार प्रमुखलाई राज्यले पटक-पटक समातेर थुनेको थियो । पछिल्लो पटक बैशाख २२ गते समातेको प्रहरीले जेठ १३ गते छोडेको थियो । जनसरकार प्रमुख रोकायालाई एक हजार रुपैयाँ धरौटीमा तारेखमा छोडिएको छ । त्यसअघि चुनावका बेला १९ दिन प्रहरीले थुनेको थियो । ‘जिल्ला इन्चार्जको नेतृत्वमा गतिविधिहरु हुन्छन्, मलाई आएर प्रहरीले समातेर लैजान्छ, कति थुनिने’, रोकायाले भन्नुभयो, ‘अब कुनै पनि पार्टीमा नरहेर स्वतन्त्र रुपमा बस्छु ।’

विप्लव नेतृत्वको माओवादीले चुनावमा विरोध, त्यसपछि निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराउनेदेखि एनसिएल टावरहरुमा बम विष्फोट गराएपछि राज्यले कडाई गरेको छ । केन्द्रले अहिले पनि जनप्रतिनिधिलाई राजीनामाको दबाब बढाउन जिल्लामा निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया