Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिस्टहरु एक भइसकेकाले अब कांग्रेस सच्चिनुपर्ने बताउनु भएको छ । आज नेपाली कांग्रेस चितवनले नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचनमा भएको पराजयलाई आत्मसाथ गर्दै कांग्रेसले नयाँ बाटो तय गर्नुपर्ने बताउनुभयो ।

‘देशको राजनीतिमा परिवर्तन आएको छ । गएको निर्वाचनमा गठबन्धनको नामबाट भोट मागेकाहरु आज एउटै भइसके’-उहाँले भन्नुभयो, ‘अब बलियो संगठन बनाउनुको विकल्प छैन ।’ अझैपनि कांग्रेस जनताको माझमा जान नसकेको भन्दै नेता सिटौलाले जनताको समर्थनबिना बलियो हुन नसकिने स्पस्ट पार्नुभयो ।

कांग्रेसकै नेतृत्वमा देशमा विभिन्न उपलब्धिहरु भएको भन्दै उहाँले त्यसलाई संस्थागत गर्ने दायित्व पनि कांग्रेसकै रहेको बताउनुभयो । सिटौलाले कांग्रेसका नेता–कार्यकर्ताहरु फुटेर भन्दापनि जुटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया