Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला असार ५ गतेबाट मकवानपुरको हेटौंडामा सुरु हुने भएको छ । हेटौंडाको पल्पसा हलमा हुन लागेको उक्त भेला दुई दिनसम्म चल्ने कांग्रेस केन्द्रीय कार्यालले बताएको हो ।

जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक मकवानपुरका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ रहनु भएको छ । भेलालाई व्यवस्थित गर्न स्थानीय स्तरमा ९ वटा समितिसमेत गठन गरिएको छ ।

कांग्रेस केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला जेठको अन्तिम साता गर्ने निर्णय गरेको थियो । तर जेठ ६ गते असार ५ देखि ७ सम्मको मिति तय भएको छ ।

तपाईको प्रतिक्रिया