Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘आफ्नो भाग्य’ बोलको गीत सार्वजनिक भएको छ । ढकालको स्वर तथा रामकृष्ण बम मल्लको संगीत र लक्ष्मण कार्कीको शब्द रहेको गीत ‘आफ्नो भाग्य’ यूट्यूवमा सार्वजनिक भएको हो ।

जापानमा रहेका विभिन्न सर्जकहरुको शब्द तथा रामकृष्ण बम मल्लको एकल संगीतमा तयार भएको ‘सहयात्रा’ एल्बमको यो शीर्ष गीत हो । जापानमा एक कार्यक्रमकाबीच विमोचन गरिएको यस एल्बमका गीत भिडियोसहित सार्वजनिक हुने क्रम जारी छ ।

सार्वजनिक गीत ‘आफ्नो भाग्य’को म्युजिक भिडियो रोशन कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा सुरज खड्का र प्रमिला खत्रीको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया