काठमाडौं – लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । धेरै त स्टेज कार्यक्रममा व्यस्त रहने उनले आफ्नै शब्द तथा संगीतमा ‘पृथ्वी’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा कलाकार सारा सिरपाली र फिरोज तिमल्सिना फिचर्ड छन् । संचारकर्मी एवंम निर्देशक सुव्रतराज आचार्यले गीतको भिडियो निर्देशन गरेका हुन । जीवन रिजाल र निराजन कार्कीको छायाँकन रहेको गीतलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । यसअघि उनले ‘तै मोरीको माया’ र ‘दन्तै’मा सार्वजनिक गरेका थिए ।








