काठमाडौं – चर्चित गायिका कल्पना बिसी र गायक लोकेश नाथको स्वरमा रहेको लोक देउडा गीत ‘काफल खान आइजाउँला…’ यूट्यूवमा सार्वजनिक भएको छ । गीत युवा पुस्ताको माया प्रेमलाई समेटेर तयारी पारिएको हो ।
काफल खादै अजम्बरी रहने गरी चोखो माया लगाउने प्रसङग पनि गीतले बोलेको छ । गीतमा लय तथा शब्द लोकेश नाथकै रहेको छ भने केशब बडुको संगीत छ । जनता डिजिटल प्रालीले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियो निर्देशन निश्चल केशीले गरेका हुन् । भिडियोमा शिशिर श्रेष्ठ र आरुसी मगरको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन मुकेश हुमागाईको टीमले गरेको हो भने सम्पादन अमृत चापागाईले गरेका छन् । यस्तै दृष्य निर्माण जनता डिजिटल फिल्मस् ले गरेको छ ।








