Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुको न्यून उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक सञ्‍चालन हुन नसकेको भन्दै महराले त्यसमा सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

संसद बैठक बिहान १० बजे बोलाइए पनि कोही पनि मन्त्री उपस्थित नहुँदा पौने घण्टा ढिलो गरी बैठक सुरु गर्नुपरेपछि सभामुख महराले सरकारलाई तोकिएकै समयमा उपस्थित हुन ध्यानाकर्षण गराउनुभएको हो । सरकार आफैले पेश गरेको आगामी आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने कार्यसूचि तय भए पनि सरकारको उपस्थिति नहुँदा सभामुखले मन्त्रीलाई कुरेर बस्नु परेको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिको सम्बोधनलाई लिएर सांसहरुबाट व्यक्त संसदीय मर्यादा भन्दा बाहिरका शब्दहरुमा पनि संसदको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया