काठमाडौं – सरकारको तर्फबाट संघीय संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।
संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रममाथि छलफल हुदैछ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममा कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतले ८ संशोधन दर्ता गरेका छन् ।








