Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

मोरङ – जिल्ला अदालत मोरङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन प्रकरणका अभियुक्तहरुमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आज अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुना राख्ने, एक जनालाई तारेखमा, १ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

को-को जेल चलान भए ?
जेल चलान हुनेमा ६ जना पूर्व प्रहरी अधिकारी छन् ।

पूर्व डिआइजी गोविन्द निरौलासहित ६ प्रहरी अधिकारी समेत जेल चलान भएका छन् । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई जेल चलानको आदेश भएको हो ।

त्यस्तै, तस्करीमा संलग्नहरु टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि जेल चलान भएका छन् ।

तपाईको प्रतिक्रिया