Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

बेलायत – बेलायतको अल्डरशट स्थित एम्पायर हलमा इलाम समाज यूकेले ‘इलाम हाम्रो पहिचान’ नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेको छ । ग्रेटर रशमूर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासेको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा ईलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी, वरिष्ठ सल्लाहकार कमल राईले संयुक्त रुपमा अनावरण गरी गत शनिवार, १९ मई २०१८ को दिन सार्वजनिक गरेका हुन ।

सार्वजनिक पश्चात इलाम समाजका कार्यसमितिका सदस्यहरु, बिशेष अतिति तथा इलाम समाजका विशिष्ट सदस्यहरुको उपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको थियो । करिव दुई घण्टाको वृतचित्रमा समग्र इलामको साँगोपागोँ भौगोलिक अवस्था, प्राकृतिक सौदर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्पराहरु समेटिएका छन ।

वृतचित्र निर्माणमा उल्लेखनिय योगदान दिने डिल्ली कुमार गुरुङले इलामको परिवेशलाई चारै ऋतु अनि हरेक महिनामा मनाईने चाडपर्व जस्ता महत्वपूर्ण कुरोहरु समाविष्ट गर्ने हेतुले सन २०१७ को जनवरीबाट छायांकन शुरु गरिएको वृतचित्र यो बर्षको जनवरीमा शुटिङ कार्य समाप्ती सगैँ एडिटिङ् र अन्य प्राविधिक कार्यहरु अप्रिलमा पूर्ण गरि अहिले सार्वजनिक गरिएको जानकारी दिए ।

कर्मभूमि बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको ऐक्यबद्धताको प्रतिकको रुपमा रहेको इलाम समाज बेलायतले आफ्नो गृह जिल्ला इलामको सम्झनालाई पुस्तौ पुस्ता जोगाईराख्न, इलामलाई विश्वब्यापी रुपमा अझै सशक्त ढंगले चिनाउने हेतुले वृतचित्र निर्माण गरेको जनाएको छ ।

वृतचित्रको लागि निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन भने ‘इलाम हाम्रो पहिचान’ बोलको गीतको शब्द संयोजन गीतकार मुकेश राइले गरेका छन । साथै संगीत मन थुलुङ् र स्वर मन थुलुङ् अनि सुनिता थेगिमको रहेको छ ।

तपाईको प्रतिक्रिया