Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

टोकियो – आपतकालिन अक्षयकोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले आयोजना गरेको बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ । साइतामा केनको मुसासी उरावा स्टेशनबाट नजिक रहेको दोमन ग्रीन पार्कमा २ सय बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जापानमा रहेका विभिन्न संघ सस्थाका प्रतीनिधी तथा जापानवासी स्याङ्ग्जालीहरु व्यस्त समयलाई थाती राख्दै रमाएका थिए । नेपालमा आपतकालिन अवस्थामा घटेका घटना या जापानमा कसैलाई अप्ठ्यारो परेमा सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको अध्यक्ष सागरमणी भण्डारीले बताउनुभयो । 

कोषको पूर्ण विवरण आउन बाँकी रहेपनि करिब १ लाख ३० हजार एन नाफा भएको संयोजक धुव्र ज्ञवालीले जानकारी दिनुभयो । समाजले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने विभिन्न संघ सस्थाका प्रतीनिधिलाई सम्मान गरिएको थियो । फुकुओका र नागोयामा क्षेत्रीय सङ्गठन रहेको समाजले गुन्मा र ओसाकामा पनि सङ्गठित हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया