काठमाडौं – गायिका कल्पना बिसी र गायक चक्र बमको स्वरमा रहेको टिपिकल देउडा गीत ‘तेरी सौराइले..’ यूट्युवमा सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेका गायिका कल्पना र गायक चक्रको स्वरमा रहेको सुदूरपश्चिमेली परिवेशको ‘तेरी सौराइले..’मा लय तथा शब्द चक्र बमकै रहेको छ ।
प्रेम-प्रमिका एकअर्का भन्दा टाढा हुँदाको मायालाई दर्साइएको यस गीतमा मिलन र विछोड भाव पनि बोलिएको छ । युवा-युवतीलाई लक्ष्यित गरी ल्याइएको ‘तेरी सौराइले..’लाई स्रोता दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।
भीम थापाको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोको छायांकन हरिष महराले गर्नुभएको छ भने म्युजिक भिडियोमा भद्र थापा र हेमानी ढुंगालको अभिनय रहेको छ । धनेन्द्र भुलको प्रस्तुतीमा बनेको गीतको दृष्य निर्माण खप्तड फिल्मस् -ले गरेको हो ।








