काठमाडौं – भौतिक यातायात तथा पूर्वाधार मन्त्री रुघुवीर महासेठले यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हटाउनुमा कुनै स्वार्थ नभएको बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले भट्टराईलाई यातायात मन्त्रालयमा बोलाइएको बताउँदै उहाँलाई राजनीतिक आस्थाको आधारमा नहटाइएको दाबी गर्नुभयो ।
यस्तै, मन्त्री महासेटले सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताउनुभयो । सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेको उहाँको भनाई छ ।








